वैद्य माओवादीद्वारा पार्टी एकताका लागि वार्ता समिति गठन

काठमाडौं, ३ माघ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुसँग पार्टी एकताका लागि वार्ता टोली निर्माण गरेर अघि बढ्ने भएको छ पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको स्थायी समितिको बैठकले क्रान्तिकारी पार्टीहरुबीच एकताको पहल गर्नका लागि महासचिव मोहन वैद्यकै नेतृत्वमा समिति गठन गरेको बताइएको छ यद्यपि अन्य पार्टीबाट वार्ताका लागि गठित समितिका सदस्यका नाम बाहिर सार्वजनिक नगरिएको अवस्थामा वैद्य माओवादीबाट वार्ता टोलीमा को–को रहेका छन् भन्ने सार्वजनिक गरिएको छैन वैद्य माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपासहितका विभिन्न ठाउँमा छरिएका क्रान्तिकारी कम्युनिस्टलाई एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाएर ठोस पहल गर्ने निर्णय गरेको हो स्थायी समितिको बैठकपछि महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।’वैद्य माओवादीले ति पार्टीहरुसँग राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा संघर्षमा जाने समेत निर्णय गरेको छ यस्तै सो पार्टीले हालै वीरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएकोमा विरोध तथा भत्र्सना गर्दै यसबारे तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?