सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । दाङ र बाँकेमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दाङको गढवा गाउँपालिका-२ पचाहास्थित सडक खण्डमा ना.२ ख ७५११ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय आत्मराम चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीस्थित सडक खण्डमा भे.१ ख २८४७ नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१८ बस्ने ३७ वर्षीय दल बहादुर रावललाई र हाल नाम, थर वतन नखुलेका १ जना पैदलयात्रीको बुधबार दिउँसो मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?