सावधान ! यी ७ चरित्रका पुरुषसँग भुलेर पनि प्रेम नगर्नुहोस्

भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेम जतिबेला जोसुकैसँग पनि हुनसक्छ । अधिकांश प्रेम हतारमा बस्छ र पछि गएर पछुताउने गर्छन् । प्रेमले संसार जिताउँछ भने जिन्दगि नै बर्वाद पारिदिन्छ । प्रेम यस्तो आकर्षण हो, जहाँ एक भेट र एकैछिनको कुराकानीले पनि ठुलो महत्व राख्छ । भने कतिपय अवस्थामा वर्षौको परिचय पनि काम लाग्दैन ।

अझ अहिलेको बदलिँदो पुस्तामा प्रेमको उमेर र आधारहरु नै फरक हुन थालेको छ । आजकल युवाहरु प्रेममा धोका दिने र युवतीहरु सम्पन्नशाली युवासँग मात्र प्रेम गर्ने गर्छन् यो एउटा परम्पराको रुपमा विकसित हुँदै गइरहेको छ भन्ने आरोप प्रत्यारोपहरु पनि लाग्दै आइरहेको छ । हुन पनि केहि परिस्थितिमा केटालाई कतिको शारीरिक आकर्षण र अनुहारको सुन्दरतामा बढी महत्व लाग्ने र केटीहरु पनि पनि सम्पन्नता उच्च पदिय केटाहरुको प्रेममा छिटो पर्ने देखिन्छ । आज हामी प्रेममा कुनै पनि युवतीले प्रेममा धोका नपाउन् भन्ने हेतुले युवतीले कस्तो केटासंग टाढा रहने भन्नेबारे तपाईलाई जानकारी गराउन गइरहेको छौं ।

यी ७ चरित्रका पुरुषसँग भुलेर पनि प्रेम नगर्नुहोस्

१. केहि युवतीहरु मिठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि गएर धोका पाउने गर्छन् । तर प्रेममा शव्द भन्दा पनि व्यवहार र मायाको मोल बढी हुन्छ । त्यसलाई युवतीले बुझ्न जरुरि हुन्छ ।

२. यदि कोहि केटा पहिलो भेटमा नै छिट्टै आफ्नोपन देखाउने र मिठा मिठा कुरा गर्न थाल्छन् भने तपाई सचेत हुनुहोस् । उनीहरु प्रेममा पर्न आतुर भन्दा पनि आतुर छन् र तपाईलाई प्रभावमा लिन र तपाईको शरीरसँग नजिक हुन् हतारिएका छन् भने तपाईले बुझ्नुस् धोका खानुहुनेछ ।

३. भेट्दा वा कुराकानीको क्रममा चाहिने भन्दा बढी अथवा आवश्यकता भन्दा बढी तारिफ गर्ने केटाहरु प्रेमप्रति बफादार हुन सक्दैनन् । बरु तारिफको सट्टा कमोजोरी औलाएर सुधार गर्ने प्रेरित गर्ने केटा सच्चा प्रेमी बन्न सक्छन् ।

४. धोकेवाज चरित्रका युवकहरु बोल्न माहिर हुन्छन् । मिठो बोल्छन् उनीहरु युवतीलाई पट्याउन सुरुमा जे पनि गर्न तयार रहन्छन् । तर मतलब सकिएपछि भने धोका दिन्छन् । मिठो बोल्नेहरुसँग आवश्यकताभन्दा बढी चिप्लो घस्नेहरुसंग पनि युवतीहरु सचेत रहनुपर्ने हुन्छ । यस्ता व्यक्तिहरु खतरनाक हुन्छन् ।

५. अधिकांस प्रेम अर्थात् अधिकांस प्रेमी छिटो शारीरिक सम्बन्ध बनाउने चाहना राख्छन् । तर शारीरिक सम्बन्ध प्रेमको एक हिस्सा भनिएपनि यो प्रेमभित्र अनिवार्य भने होइन । त्यसैले शारीरिक सम्बन्धका लागि दवाब दिने पुरुषहरुसँग सचेत रहनुहोस् । नत्र जीवनभर पछुताउनु पर्नेछ ।

६. गलत नियत भएका पुरुषको रहस्यमय व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट जाँदा उनीहरु म्यासेन्जर वा मोबाइलको इनबक्स खालि गर्छन् अर्थात् मेसेज डिलिट गर्छन् । यस्ता चरित्रका केटाहरु प्रेमको लागि योग्य हुँदैनन् ।

७. प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमिकाको क्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर आजकाल प्रेममा पर्नु अघि अनेकौं सपना देखाउनेहरु पछि एकाएक प्रवाह गर्न छाड्ने हुन्छन् । महत्वपूर्ण दिनहरु बिर्सने, प्रवाह गर्न छाड्ने, जुट बोने र बहाना बनाउने गर्न थाल्छन् । यस्ता मान्छेहरु धोकेवाज हुन्छन् ।

प्रेम गर्नुभन्दा अगाडी धेरै कुरामा ख्याल गर्नुपर्छ । आकाशको तारा झार्नेसम्मका सपना देखाउनेको पनि कमी छैन हिजोआज । यस्ता हाउडे कुरा गर्नेहरुसँग पनि सचेत हुनुपर्छ । ठूलाठूला सपना बाड्ने मानिसको प्रेममा पर्दा झनै समस्या निम्तन्छ ।हिजोआज धेरै प्रेमको नाटक गरेर धोका दिन लालायित हुन्छन् । जसले गर्दा जीवनमा ठुलो दुर्घटना निम्त्याउन पनि सक्छ ।त्यसैले कसैलाई विश्वास गर्नुभन्दा अगाडी धेरै सोच बिचार गर्नुपर्ने हुन्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?