प्रचण्डको चुनावी खर्च रु नौ लाख ९४ हजार

चितवन, ३ माघ – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गरेका छन उनले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुन उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने रु नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिए । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले रु १५ लाख खर्च गर्न पाउने नियम छ । चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले रु १३ लाख ५७ हजार ६७३ खर्च भएको भन्दै विवरण पेश गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च रु १६ लाख २९ हजार १७० छ चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको चुनावी खर्च रु १४ लाख ३९ हजार ८०० छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांँग्रेसका नेता शेषनाथ अधिकारीले रु १३ लाख ९३ हजारको विवरण बुझाउनुभएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?