प्रिमियर लिग : सिटीको सहज जित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा ग्राबियल जिससको गोलबाट सिटीले २४ औं मिनेटमा अग्रता बनाएको थियो । ५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ६८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । ८७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटी ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बर्नलीका रोब्बी ब्राडीले एक गोल फर्काएपनि सिटी ४-१ ले विजयी भयो ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३२ अंक जोडेको छ । बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?