मोरङमा जनयुद्ध उद्यान एवं सङ्ग्रहालय निर्माण हुने

काठमाडौं । मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्रराजमार्गदेखि दक्षिण चार किमीको दूरीमा रहनेछ ।

सङ्ग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले रु सात करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अध्ययन भइरहेको र चालू आर्थिक वर्षमै यसको शिलान्यास हुने जनयुद्ध स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उद्यान निर्माण गर्न करिब रु एक अर्बभन्दा बढी बजेट लाग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्यानका निम्ति सक्दो सहयोग गर्ने वचन प्राप्त भएको प्रतिष्ठानका सचिव बस्नेतले जानकारी दिनुभयो । करिब पाँच वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी सङ्ग्रहालयको योजना र कार्य तीव्ररूपमा अगाडि बढिरहेको छ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारको पनि आर्थिक सहयोग हुने सचिव बस्नेतले जानकारी दिनुभयो ।

पूर्वी नेपालको सबैभन्दा आकर्षक एवं अत्याधुनिक निर्माण हुने यो उद्यान आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पनि निकै आकर्षक हुने बुझिएको छ । सङ्ग्रहालयको निर्माणपछि मोरङ बेलबारीमा महेन्द्रराजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रले पनि महत्व पाउने अनुमान गरिएको छ । यी दुवै पर्यटक स्थलको दूरी करिब चार किमी मात्रैको फरकले पर्यटकहरुले दुवै क्षेत्रको भ्रमण गरेर प्रशस्त लाभ लिने विश्वास बढेको बेलबारी नगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?