महराले भने, ‘मिलाउँन समय लाग्छ, तर एकता रोकिदैन’

पोखरा, ३ माघ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अब एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा आशंका नगर्न आग्रह गरेका छन् बुधबार एमाले र माओवादी केन्द्र निकट पत्रकार संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विचार, राजनीति र संगठन मिलाउन समय लागे पनि एकता हुनेमा कुनै शंका नरहेको बताए वाम गठबन्धन निर्माण गरेर निर्वाचनमा जाँदा जनताले एकता गरेरै जान जनादेश दिएको उनको भनाई थियो । पार्टी एकता संयोजन समितिमा छलफल जारी रहेको उल्लेख गर्दै उनले एमाले अध्यक्ष ओली स्वदेश फर्किएपछि पार्टी एकताको विषयमा थप कुराकानी हुने बताए उनले एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा समेत सहकार्य गरेर जाने र प्रदेश तथा केन्द्र सरकार दगठनमा पनि तालमेल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?