काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरु भएको छ ।
नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको हो ।
बैठकमा पार्टी एकताको कार्यभार, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको स्वास्थ, उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघिको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया