नेपाल स्टक एक्सचेञ्जमा कन्काई विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं, ३ माघ । कन्काई विकास बैंकले मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सेयरमूल्य समायोजन गरेको छ नेप्सेले ६.१५७ प्रतिशत बोनस सेयर पश्चात बैंकको सेयरमूल्य समायोजन गरेको हो समायोजित मूल्य अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य १५६ रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार बैंकको औषत आधारमूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकको पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?