अमेरिकाले रोक्यो प्यालेस्टिनीलाई दिँदै आएको सहायता रकम

वासिंगटन, ३ माघ । अमेरिकाले प्यालेस्टिनीहरूलाई सहयोग गर्दै आएको राष्ट्रसंघको एउटा निकायलाई उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोकेको छ राष्ट्रसंघका अधिकारीले ट्रम्प प्रशासनको यो कदमले संकटमा रहेका लाखौं मानिसहरूमाथि गम्भीर आघात पुग्ने बताएका छन् अमेरिकाले करिब १२ करोड ५० लाख डलरमध्ये ६ करोड पहिलो किस्ता अन्तर्गत दिने र बाँकी ६ करोड ५० लाख डलर चाहिँ रोक्ने जनाएको हो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि नै प्यालेस्टाइनले इजरायलसँग वार्ता नगरेमा प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्ने बताएका थिए प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले आइतबार राष्ट्रपति डोनल्ड ट्रम्पको कदमको आलोचना गरेका थिए । अब्बासले गत वर्ष अमेरिकाले जेरूसलेमलाई इजरायलको राजधानी मानेपछि अमेरिकाको कुनै पनि शान्ति योजना आफूले स्वीकार नगर्ने बताएका थिए संयुक्त राष्ट्रसंघको राहतसम्बन्धी संस्थाले प्यालेस्टाइनी शरणार्थीहरूलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवामा सहयोग गर्दै आएको छ संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले अमेरिकाले उपलब्ध गराउने मानवीय सेवा सो क्षेत्रमा स्थायित्व कायम गर्नका लागि महत्वपूर्ण भएको बताएका छन् राष्ट्रसंघको सो संस्थाको वार्षिक बजेटमा अमेरिकाले सबैभन्दा बढी ३० प्रतिशत रकम सहयोग गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?