२१ असार २०७९, मंगलवार

पञ्चकन्या माई हाइड्रोपावरले स्थानीयवासीका लागि शेयर निष्काशन गर्ने

२०७४,माघ,३,बुधबार ०६:१४

0
Shares

इलाम, ३ माघ । इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि रु ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर खरिद गर्न दिने भएको हो । सन्दकपुर गाउँपालिकावासीले छ लाख ६० हजार तथा इलाम नगरपालिकावासीले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार पाँच सय कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने जनाइएको छ आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको पहिलो आर्थिक वर्षबाट कम्पनी नाफामा जान सफल भएको प्रधानले बताए । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: २०७४,माघ,३,बुधबार ०६:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । सोमबार २० गते

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २,

ताजा समाचार

बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६