सन् २०२० देखि मारुती सुजुकी कारको मुल्य बृद्धि हुने

काठमाडौं । मारुती सुजुकीले सन् २०२० देखि आफ्नो कारको मुल्य बढाउने लागेको छ । मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी हो । कार उत्पादनका लागी आवस्यक पर्ने कच्चा पदार्थको मुल्यमा भएको बृद्धि सँगै कारको मुल्यपनि बढाउन लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अहिले नै मोडल अनुसारको मुल्य निर्धारण नगरिए पनि मोडल अनुसार नै मुल्य बृद्धि हुनेछ । पछिल्लो समय भारतीय अर्थतन्त्रमा आर्थिक मन्दी देखिएको छ । त्यससँगै विलासिताको बस्तुहरुको व्यापारमा कमि आएको व्यबसायीहरुले बताउदै आएका छन् । मन्दीको यस्तो अवस्थामा पनि कारको मुल्य बढाउनु पर्ने बाध्यताका कारण बिक्रेताहरुलाइ अफ्ठारो पर्ने कम्पनीले जनाएको छ ।

यसैक्रममा नेपालमा पनि अटो क्षेत्रको बिक्रि वितरण एवं समग्र व्यबसायमा नै कमि आएको छ । मारुती सुजुकीले नेपालमा पनि राम्रो बजार लिन सकेको छ । तर भारतीय बजारमा मुल्य वृद्धिसँग नेपालमा पनि यसको असर पर्ने अटो क्षेत्रका व्यावसायीहरुले बताउँदै आएका छन् ।

अक्टोबर महिनामा भारतमा कारको विक्रिमा २.३ प्रतिशतले वृद्धि भएको थियो । तर सेम्टेम्बरमा ३.३ प्रतिशतले अटो क्षेत्रको विक्रिमा गिरावट आएको तथ्यांकमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?