१३ असार २०७९, सोमवार

मेयरकप क्रिकेट प्रतियोगिता आजदेखि

२०७४,माघ,३,बुधबार ०६:०७

0
Shares

बैतडी, ३ माघ- शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०७४ हुने भएको छ प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिए प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र वडा नं ११ नागार्जुनबीच हुने भएको छ । उक्त उद्घाटन खेल दिउँसो साढे १२ बजेपछि शुरु हुने जनाइएको छ दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका–१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टी ट्वान्टी फरम्याटमा हुने जनाइएको छ यही माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार रु ३० हजार नगद र ‘म्यान अफ द सिरिज’ एक जनालाई पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०७४,माघ,३,बुधबार ०६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ । बुढानीलकण्ठस्थित

काठमाडौं । बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । पहिले चाईनिज

ताजा समाचार

गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५