मुस्ताङमा जितेश र एलिशाको यस्तो रोमान्स ! (भिडियोसहित)

काठमाडौं । गायक मिलन सुर्खेतीको नयाँ म्युजिक भिडियो “ पहिलो भेटमै” सार्वजनिक भएको छ ।

यस गीतमा स्वर तथा संगीत मिलन सुर्खेतीको रहेको छ भने गीतका शब्द योगेन ढोलीको रहेको छ । गीतको संगीत संयोजन रिकेश गुरुङ “किज”ले गरेका हुन् ।

रोमान्टिक भर्सनको म्युजिक भिडियोलाई मुस्ताङमा छायांकन गरिएको छ । भिडियोमा एलिशा पुन मगर र जितेश प्रधानको अभिनय रहेको छ । संजय लामाले छायांकन गरेको म्युजिक भिडियोलाई बानिश शाहले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी शिशिर खातीले गरेका छन् । रबिन पौडेल सह-निर्देशक रहेको यस गीतको म्युजिक भिडियोलाई नबिन पुरीको निर्देशनमा तयार पारिएको हो । राजेश मास्केको लगानीमा भिडियो निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?