मुआब्जा कम भएको भन्दै आरुघाट गाउँपालिकामा ताला, बजार बन्द

काठमाडौं ।  मुआब्जा कम भएको भन्दै गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको कार्यालयमा बुढीगण्डकी डुवान प्रभावितले मंगलबार ताला लगाएका छन् । आरुघाट बजार पनि बन्द गरेका छन् ।

बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र आर्खेत बजारको मुआब्जा आइतबार राति निर्धारण भएको थियो। आनाको ५० हजार देखि सातलाख रुपैयाँ सम्म मुआब्जा दिने गरी मुल्य निर्धारण गरिएको थियो। तर उक्त मुआब्जा कम भएको भन्दै आरुघाटवासीले विरोध जनाएका हुन् ।

बुढीगण्डकी सरोकार समितिको अगुवाइमा स्थानीयवासीले मंगलवार बिहान दश बजे आरुघाट गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् ।

मंगलबार गाउँपालिका प्रतिनिधि र सरोकारवालाबीच छलफल गरिने बुढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन्नाथ खनालले जानकारी दिनुभयो । बन्दका कारण यातायातकासमेत चलेको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?