पार्टनरबीचमा कत्तिको ठाकठुक पर्छ ? अध्ययन भन्छ सामान्य झगडा भइरहेको राम्रो

तपाईको पार्टनरबिचमा कत्तिको झगडा पर्छ । कोहि भन्छन्, दिनहुँ । कोहि भन्छन्, कहिलेकाहिँ अनि अर्कोथरी जोडी हुन्छन्, खासै झगडा पर्दैन भन्ने । जे होस् श्रीमान् र श्रीमती एकैरथका दुई पांग्रा भएको कारणले पनि कहिलेकाहिँ ठाकठूक पर्नू स्वभाविक हो । नेपाली उखानै छ । आगो त नठोसी बल्दैन । हुन पनि विभिन्न अध्ययनहरुले देखाएका छन्, बेलाबखतमा खटपट हुनु र झगडा पर्नु दिर्घकालीन सम्बन्धको लागि निकै राम्रो हुन्छ । लोकपथ डटकमले केहि टिप्सहरु प्रस्तुत गरेको छ ।

श्रीमान् र श्रीमती झगडा गर्दाका फाइदाहरु

१. यदि श्रीमान र श्रीमतीबीच सामान्य झगडा भईरहन्छ भने पक्कै पनि त्यो सम्बन्ध दिगो हुन्छ । त्यस्तो झगडामा मन भित्रका कुराहरु बाहिर आउछन् र एक अर्काको चित्त दुखाई बुझ्ने मौका मिल्छ । चित्त दुखाइहरु मनभित्र गुम्सिरहँदा एक अर्कालाई थाहा हुँदैन र त्यो अचानक विष्फोट हुँदा निकै जटिल रुप लिन्छ । यदि बेलाबखत झगडा भइरहेको छ भने मन शान्त हुन्छ ।

२. कसैलाई आफ्नो पार्टनरको कुनै बानी मन पर्दैन । मन नपरेको बानीलाई भित्र(भित्रै रिस साँचेर राख्नु भन्दा झगडा गर्दा राम्रो हुन्छ । यसरी झगडा मार्फत मन नपरेको कुरालाई सुधार गर्न पनि सकिन्छ । यसो गर्दा दुवैको मन नपरेको बानि बाहिर आउछ र सुधार गर्न सहज हुन्छ ।

३. श्रीमान श्रीमती बीच झगडा हुनु भनेको दुवै एक अर्काबीच बफादार हुनु हो । उनीहरुको प्रेममा कुनै स्वार्थ हुँदैन । स्वार्थ भन्दा बाहिरको झगडाले सम्बन्ध अझ मजबुत बन्छ ।
४. कहिलेकाही लामो समयदेखि बोलचाल नै बन्द भएको अवस्था छ भने पनि झगडाले बोलचाल गर्ने बाटो खुल्ला गरिदिन्छ । र दुवैबीचको पुरानो सम्बन्ध पुनस् फर्कन्छ ।

५. अध्ययनका अनुसार स्वस्थ सम्बन्धको एक कारण झगडा हो । त्यसैले झगडा हुँदैमा दुईबीचको सम्बन्ध खराब छ भन्न मिल्दैन ।
६. श्रीमान् श्रीमतीबीच हुने झगडामा कहिल्यै स्थायी शत्रु हुँदैन । त्यसैले यसमा हुने हारजितले कुनै महत्व राख्दैन । बरु माफी माग्ने पात्रले जित हासिल गर्छ ।
७. संसारको कुनैपनि सम्बन्धमा सहजता हुँदैन । टाढा बाट हेर्दा मात्र हो राम्रो देखिने । बाहिरबाट हेर्दा जस्तो भित्र हुँदैन । त्यसैले स सानो कुरालाई झगडाबाट समाधान गर्नु राम्रो हुन्छ ।
८. पार्टनरबीच हुने झगडाले एक अर्कालाई कत्तिको ख्याल गर्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यसमा पार्टनरले हातपात गर्छ कि गर्दैन भन्ने सम्म थाहा पाउँछ । ऊ आफ्नो पार्टनरप्रति कत्तिको बफादार छ भन्ने पनि थाहा पाउन सकिन्छ । र झगडबाटै प्रेम गाढा हुन्छ ।

माथि उल्लेख गरिएका कुराहरु विभिन्न अध्ययन र एजेन्सीको सहयोगमा तयार पारिएको हो । तपाईहरुको सम्बन्ध सुमधुर रहोस् । शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?