यस्तो छ एमाले–माओवादी भागबण्डाको तयारी, वाम कार्यदलको बैठक बस्दै

काठमाडौं, ३ माघ । नेकपा एमाले र माओवादीबीच आगामी राष्ट्रिय सभामा ७०–३० को अनुपातमा भागवण्डा गर्ने तयारी भएको छ । यस विषयमा टुंगो लगाउँन दुवै पार्टीको संयुक्त कार्यदलको बैठक बस्ने भएको छ निर्वाचन आयोगले दुई पार्टीबाट प्राप्त दुई दलले पाएको मतअनुपातका आधारमा सिट बाँडफाँडको तयारी भएको हो स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा समेत एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार भागवण्डा हुने भएको हो बुधबार अपरान्ह एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकबाट यसको टुंगो लाग्नेछ । राष्ट्रिय सभामा रहेका ५६ मध्ये वाम गठबन्धनले बढीमा ४१ सिट जित्ने अनुमान छ कार्यदलले सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिको बैठकमा पेश हुनेछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री, सभामुख र उपसभामुखको बाँडफाँड हुने गठबन्धनका नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?