आज काठमाडौंमा लोडसेडिङ्ग गराईदै, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र अन्तरर्गत ११ केभी ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि आज नेपाल विद्युत प्राधिकरणले विद्युत बन्द गर्ने भएको छ ।

प्राविधिकरणको अनुसार चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धम्बाराही, सुकेधारा लगायतका क्षेत्रमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुनेछ ।

pic: google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?