राउत मृत फेला परे

इलाम, ३ माघ – आज बिहान इलाम नगरपालिका–५, बिब्ल्याँटेमा एक व्यक्ति मृत फेला परेका छन् । झापा अनारमनी घर भएका दीपक राउत मृतावस्थामा फेला परेका हुन् बिब्ल्याँटेमा गोपाल राईको ग्यारेजमा काम गर्ने उनी सोही ग्यारेजको भुइँतलामा सुतेको जनाइएको छ । सुतेकै ठाउँमा मृतावस्थामा फेला पारेपछि उनका साथीले प्रहरीलाई खबर गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?