विराटनगर कपडा पसलमा आगलागी हुँदा ३० लाख क्षति

विराटनगर, ३ माघ । विराटनगर महानगरपालिका–९ स्थित बालाजु इम्पोरियम कपडा पसलमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट कम्तिमा पनि ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ बिहान करिब ६ बजे विद्युत् सर्ट भइ लागो लागेको थियो । आगोले पसलभित्र रहेका कपडा जलेर क्षती भएको वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले जानकारी दिए बिहान पसलभित्रबाट धुवा निस्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाले पसलमा त्यति ठूलो क्षति हुनबाट बनेको प्रहरी नायव अपरीक्षक सिटौलाले बताए प्रहरी र स्थानीयले तत्कालै सटर फुटाएर आगो नियन्त्रणमा लिएका थिए विराटनगर ९ स्थित रामविलास अग्रवालको घरमा राखिएको सो पसल प्रचण्ड वैधले सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?