करातेको पहिलो दिन नौ स्वर्ण पदकको टुंगो लाग्यो, ९ मध्ये ७ नेपालले नै राख्यो

करातेको पहिलो दिन नौ स्वर्ण पदकको टुंगो लागेको छ । पहिलो दिन भएका नौ स्पर्धामा नेपालले ७ तथा पाकिस्तानले दुई स्पर्धामा स्वर्ण पदक हात पारे । महिला एकल कातामा पाकिस्तानकी साइदाले नेपालकी चञ्चला दनुवारलाई २५.६ –२४.६८ ले हराउदै स्वर्ण पदक जितिन् । सो स्पर्धामा श्रीलंकाकी हसीनी हेटीराची र बंगलादेशका हुमइरा अख्तर खानले काश्इ पदक जिते ।

पुरुष एकल कातामा पाकिस्तानका लाई २५.५६ –२४.६८ ले हराउदै नेपालका मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जिते । बंगलादेशका मोहम्मद हसन खान र श्रीलंकाका साउथन सारा बालुराले काश्य पदक जिते ।

महिला टिम कातामा पाकिस्तानलाई २४.८८ –२३.३ ले हराउदै नेपालले स्वर्ण पदक जित्यो । सो स्पर्धामा श्रीलंका र बंगलादेशले शले काश्य पदक जिते । नेपाली टोलीमा निर्मला तामाङ, सरु कार्की र संगीता मगर थिए । रजत पदक विजेता पाकिस्तानी टोलीमा नर्गीस, साइदा र गुल समाबेश थिए ।

पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । एकल कातामा स्वर्ण पदक जितेका मन्डेकाजी सहित प्रविण र महसुस सम्मीलीत नेपाली टिमले अदिकारी मुदासिंगे,थलामाडिले गेडारा र वारानुकालाउसारिया सम्मीलीत श्रीलंकाको टोलीलाई २५.५४–२५.२८ले हराउदै स्वर्ण पदक जितेको हो । सो स्पर्धामा बंगलादेश र पाकिस्तानले काश्य पदक जिते ।

कुमुतेको महिला ४५ किलो तौल समुहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छन् । स्वर्ण पदक जित्ने क्रममा उनले फाइनलमा बंगलादेशकी मन्जुरा बोर्नालाई ३–२ले पराजित गरिन् । सो स्पर्धामा श्रीलंकाका श्रनाथ अचाइगे इशाका मुवाथान्थी र पाकिस्तानका अन्वेरा इक्राले काश्य पदक जिते ।

यसैगरी, महिला ५० किलोमा नेपालकै अनुअधीकारीले स्वर्ण पदक जितिन् । उनले फाइनलमा श्रीलंकाकी डोन पाउवा बडाल्गे दिनुसा कुमारीलाई ८–० ले पराजित गरिन् । सो स्पर्धामा बंगलादेशकी गुल सविरा र पाकिस्तानकी फकिदा अख्तरले काश्य पदक जिते ।

पुरुष ५० किलो तौल समुहमा मोहम्मद मुस्ताफा कमललाई १–० ले हराउदै नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते । पाकिस्तानका खान मुराद र श्रीलंकाका वार्नासुरा कुलीसरायोले काश्य पदक जिते ।

पुरुष ८४ किलो तौल समुहमा पाकिस्तानका अवाइस मोहम्मदले नेपालका दिवस श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते दुवैको स्कोर दुइ रहदा अन्तिम समयमा दिवस टेक्नीकल्ली डिस्क्वालीफाइड भएका थिए । बंगलादेशका मोहम्मद रामजान र श्रीलंकाका अरिचिंगे कन्दिुले काश्य पदक जिते ।

पुरुष ८४ किलो माथिको समुहमा नेपालका विप्लव श्रेष्ठले पाकिस्तानका मोहम्मद बाजलाई १–० ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा श्रीलंकाका मागोर्ना मलरलांगे र बंगलादेशका मोहम्मद अतीकुर रहमानले काश्य पदक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?