काठमाडौं, ३ माघ । इण्डोनेसियामा लागू औषध तस्करको आरोपमा प्रहरीले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ लागू औषध तस्करको आरोपमा इण्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो तामाङ त्यहाँ आएलत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औगाध बरामद भएको प्रहरीले जनाएको छ । होटलमा रहेको उनको कोठा चेकजाच गर्दा ३.४ किलो मेथ भेटिएको बताइएको छ प्रहरीले सोधपुछका क्रममा उनले तामाङले अरु साथीहरु रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको इण्डोनेसिया प्रहरीले बताएको छ ।