१६ मंसिर २०७६, सोमबार १६:५५

वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा : मन्त्री बोहरा


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १६:५५

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले धनगढीमा हुन लागेको वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ ।

यही मङ्सिर २० गते हुने उक्त सम्मेलनको तयारीबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले वित्तीय गतिविधिमार्फत प्रदेशमा आर्थिक विकासलाई अगाडि बढाउन यो सम्मेलन कोसेढुङ्गा हुने स्पष्ट पार्नुभयो ।

सो अवसरमा सम्मेलनको तयारी आन्तिम चरणमा पुगेको जानकारी दिइएको थियो । सम्मेलनमा सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायत झण्डै ४५०भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, देखिएका समस्या र पहुँच बढाउन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहालले सम्मेलनको उद्घाटन गर्नुहुने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच अपेक्षाकृत रुपमा बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यसाथ यो वित्तीय सम्मेलन गर्न लागिएको हो । यस्तो सम्मेलन प्रदेश सरकारको पहलमा नेपालमै पहिलो पटक हुन लागेको हो ।

पत्रकार सम्मेलनमा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६’को लोगो र नारा पनि सार्वजनिक गरिएको थियो ।

‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने मूल नारा तय गरिएको छ । यो प्रदेशमा रहेका सबै ८८ पालिकामध्ये ८३ पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुरा जिल्लाका पाँच वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको पहुँच पुग्न अझै बाँकी छ ।

प्रदेश सरकारले चालू वर्षमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई पनि यो सम्मेलनले टेवा पु¥याउने विश्वास गरिएको छ । प्रदेश सरकारको चालू वर्षको नीति कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरिएको छ । तर लगानी सम्मेलनको मिति तय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको

डिप्रोक्स लघुवित्तद्वारा ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने भएको छ ।

निर्वाचन भएको दुई वर्ष वित्दा पनि उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि चितवन जिल्लाका

बाख्रापालनलाई प्रवद्र्धन गर्न प्रदेश ३ सरकारले यस्तो कार्यक्रम ल्याँउदै

काठमाडौं । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम