‘उपनिर्वाचनको मत परिणाम प्रति नेकपा सन्तुष्ट छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परिणाम प्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाउनु भयो । उहाँले भन्नुभयो,‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले उपनिर्वाचनको परिणामबाट खुशी भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं । तर, म यो निर्वाचन परीणामबाट खुशी छु ।’ उहाँले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको बताउनुभयो । उहाँले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भन्नुभयोे,‘यो सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?