१६ मंसिर २०७६, सोमबार १६:४८

मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १६:४८

प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश जारी गरेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाटभिडियो सन्देश जारी गर्दै उनले आफू मेजर अपरेशनपछि पनि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।

भिडियो सन्देश ‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो।

त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ ।

हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

केपी शर्मा ओली प्रधानमन्त्री (मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)

Tags:

प्रतिक्रिया दिनुहोस
मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि मन्त्री यादवको असन्तुष्टि

काठमाडौं । उपप्रधानमन्त्री तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मानवअधिकार सम्बन्धि

निर्वाचन भएको दुई वर्ष वित्दा पनि उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि चितवन जिल्लाका

मन्त्री नेम्बाङद्वारा स्वकीय सचिवालय गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आफ्नो स्वकीय सचिवालय गठन

गुठी विधेयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्‌मा कुमारी अर्यालले सरोकारवाला,