प्रचण्डको चीन भ्रमण स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ ।

आगामी साता झण्डै ५ दर्जन नेतासहित चीन जाने तयारीमा रहनुभएको प्रचण्डको भ्रमण स्थगित भएको हो ।

तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्नुभएको हो ।

साता दिनदेखि प्रधानमन्त्री ओली एपेण्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
यसैबीच प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गर्ने तयारी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?