अनमोल केसीले ‘स्टार अफ दि इयर’ हात पारे

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘क्याप्टेन’ बाट ‘स्टार अफ दि इयर’ हात पारेका छन् । जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा केसीले पपुलर अभिनेताको अवार्ड हात पारेका हुन् । आइतबार भएको अवार्ड कार्यक्रममा उनले ‘स्टार अफ दि इयर’ को अवार्ड जितेका हुन् ।

अभिनेता अनमोलले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै आफूले पाएको अवार्ड आफ्ना प्रशंसकलाई समर्पित गर्न चाहेको बताएका छन् ।
अवार्ड कार्यक्रममा उनका पिता भुवन केसी पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?