सनराइज बैंकको १२५औँ शाखा संचालनमा

काठमाडौं । सनराइज बैंकले आफ्नो वित्तिय पहुँच विस्तारको क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी स्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको हाे ।

उक्त शाखा कार्यालयको आइतबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ताले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

सनराइज बैंकको देशभर १२५ वटा शाखा कार्यालय, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर तथा १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसका साथ साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु विस्तार गरेको छ । भने शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम संचालन गर्ने योजना रहेको बैकले जनाएको छ ।

कार्यालय उत्घाटन गर्दे प्रमुख कार्यकारी अधिकृत पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गर्दै उक्त बचतलाई बैंक मार्फत लगानी गर्न समेत प्रोत्साहन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?