काठमाडौं, ३ माघ- वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका हुन् सभापति देउवाले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पौडेल समूहले भने चुनावी समीक्षा सकेर मात्रै राष्ट्रियसभाको अनिवार्य एजेन्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएको छसोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन प्रधानमन्त्री देउवामाथि दबाब बढाएका थिए। कांग्रेसभित्रै कोइराला परिवारका नेता हस्तीले पनि पार्टी संस्थागत रूपमा नचलेको, नेतृत्व कमजोर भएको जस्ता आरोप लगाउँदै केन्द्रीय समिति बैठक माग गर्न थालेपछि देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्केन्द्रीय समिति बैठक बोलाउनुअघि मंगलबार पनि देउवाले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतासँग अनौपचारिक छलफल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्बिहीबारको बैठक तत्काल राष्ट्रियसभा निर्वाचन केन्द्रित हुने र तत्पश्चात् मात्रै चुनाव पराजयको गम्भीर समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएप्रवक्ता शर्माले भने, ‘बैठकको प्रमुख एजेन्डा राष्ट्रियसभाको निर्वाचन नै हो। त्यसपछि चुनावमा पराजयबारे गम्भीर समीक्षा हुनेछ।’ तर, पौडेल पक्षले भने अबको केन्द्रीय समिति बैठकलाई राष्ट्रियसभा निर्वाचनमा मात्रै केन्द्रित गर्न चाहेको छैन, अन्नपूर्ण पोस्टमा खबर छकसको कस्तो तयारी ?देउवा पक्ष : केन्द्रीय समिति बैठक राष्ट्रियसभा चुनाव केन्द्रित गर्ने र त्यसपछि मात्रै पार्टी पराजयको समीक्षामा क्रमशः प्रवेश गराउनेपौडेल पक्ष : पार्टी पराजयलगायत समग्र विषयमा पहिले गम्भीर समीक्षा गर्ने र त्यसपछि मात्रै राष्ट्रियसभा चुनावको छलफल गर्दै महासमिति बैठक बोलाउनुपर्नेयुवा नेता : पराजय समीक्षा गर्न महासमिति हुँदै विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन बोलाउनुपर्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया