बैंकर्स संघको अध्यक्षमा दाहालको उम्मेदवारी

काठमाडौं ।आगामी मंसिर १९ वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको साधारणसभा हुन लागेको छ । नयाँ नेतृत्व चयन गर्न मंगलबारसम्मका लागी उम्मेदवारी दर्ता गराउने समय रहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अध्यक्ष बन्ने सम्भावना देखिएको छ । यससँगै उहाँले छलफल गरि आइतबार नै उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ । दाहालबाहेक अध्यक्ष पदका अहिलेसम्म अरुको इच्छा देखिएको छैन ।

हाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएका दाहाल यो भन्दा अघि दुई कार्यकाल संघका कार्य समिति सदस्यका रुपमा काम गरिसक्नुभएकाे छ।

नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी प्रमुख अनुकूल भटनागर उपाध्यक्षमै बस्न तयार सहमत भएसँगै दाहालको सम्भावना बढेको हो । स्रोतका अनुसार भटनागर भारतीय नागरिक हुन । संघको उच्च नेतृत्व तहमा जाँदा व्यवहारिक कठिनाई हुने देखिएपछि उनी उपाध्यक्षमै बस्न तयार रहनुभएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?