षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिने

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताउनुभएको छ ।

बालागुरुको १८५ औं जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले भन्नुभयो‘‘ उहाँको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’’

सो अवसरमा उहाँले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास गर्नुभयो ।

मुलुकमा सती प्रथा अन्त्य गर्न र शिक्षाको ज्योति छर्न बालागुरुको योगदान रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?