टाउको एकातिर जिउ अर्कोतिर ! सडेको अवस्थामा एक पुरुषको शव फेला

काठमाडौं । कन्चनपुरमा सडेको अवस्थमा एक पुरुषको शव फेला परेको छ । शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका -३ तुमडी खोलामा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।

टाउको डोरीले झुण्डाएको र शरीर भने अलि पर घोप्टो परेको देखिन्छ भने रातो जुता र निलो पाइन्ट लगाएको देखिन्छ । शवको पहिचान खुलेको छैन ।

कसैले हत्या गरि फालेको हो या आत्महत्या हो भन्नेबारे अहिले भन्न नसकिने, पोष्टमार्टमको रिपोर्ट र अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
शव एक-ढेड महिना अघिको जस्तो देखिएको र स्याल वा सुगँरले तानेर पनि लास अलग–अलग बनाएको हुन सक्ने अनुमान प्रहारीको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?