केहि दिन यता सुन चाँदीको मुल्यमा उतारचढाव

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुन चाँदीको मुल्यमा उतारचढाव आइरहेको छ । केही दिन यता झिनो अनुपातमा बढ्ने तथा झिनो अनुपातमै घट्ने भइरहेको छ । यसैक्रममा शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ३ सय रहेको थियो ।त्यस्तै

आइतबारसम्म आइपुग्दा तोलामा ३ सयले बृद्धि भइ प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तोलामा २ सयले कमि भइ प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ७१ हजार १ सय रहेको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्यमा ५ रुपैयाँले गिरावट आएको छ । आइतबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रहेको थियो तर आज मुल्यमा कमि आइ प्रतितोला ८ सय ५० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?