स्वास्थ्यदेखि सौन्दर्यसम्म उत्तिकै लाभदायक, यस्ता छन् महका १६ फाइदा

काठमाडौं । महले मानव स्वास्थ्यको धेरै कुरामा फाइदा पुर्याउँछ । महले स्वास्थ्यदेखि सौन्दर्यसम्म उतिकै फाइदा पुर्याउछ । महमा काब्रोहाइड्रेड, भिटामिन बी र सी, आइन म्याग्नेसियम, क्याल्सियमदेखि लिएर पोटासियम फोस्फोरस सोडिय जस्ता तत्व पाइन्छ । जुन मानव शरिरका लागि अत्यन्तै लाभदायक हुन्छ । महमा गुल्कोज पनि पाइन्छ । यस्ले हाम्रो शरिरलाई नियमित रुपमा काम गर्न चाहिने उर्जा प्रदान गर्दछ । मह जाडो र गर्मि दुवै मौसमका लागि अति उपयोगी छ ।

यी हुन् महका १६ फाइदा :-

१.खोकी लागेको छ भने अदुवामा मह मिसाएर खाने गर्नाले निकै छिटो सन्चो हुन्छ । जसले गर्दा रुघाखोकी निको हुन्छ ।
२.सुख्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खानाले आराम हुन्छ ।
३.आलस्य भयो अथवा वान्ता होला जस्तो भयो भने मह खानाले आराम मिल्छ ।
४.कब्जियतको समस्या छ भने गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले सो समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५.महसँग दुध मिसाएर दुब्लोपनाको समस्याबाट मुक्ति मिल्नेछ ।
६.महले शरिरको मांशपेशीबलियो बनाउन पनि महत्वपुर्ण भुमिका खेल्दछ ।
७.महले रगतमा हेमोगोल्बिनको समस्याबाट छुटकारा दिन्छ ।
८.रक्तअल्पता भएको व्यक्तिको लागि पनि मह अत्यन्त फइदाजनक छ । यस्ता व्यक्तिले मह खानाले सो समस्याबाट मुक्ति पाउँछन् ।
९.शरिरको ओजन घटाउन चाहाने व्यक्तिका लागि पनि मह निकै प्रभावकारी मानिन्छ । बिहान मनताो पानीमा कागतीकाृ रस र मह हालेर नियमित खाने गर्नुहास् ओजन घट्न थाल्छ ।
१०.हाडजोर्नी दुख्ने र जाडोमा जीउँ कटकटि खान्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुखेको ठाउँमा मसाज गर्नुहोस् । आराम मिल्छ ।
११.रुघाखोकी लागेको छ ?हाछ्यु आइरहन्छ भने मह अदुवा तुलसीको पातको रस बराबर मिसाएर खाने गर्नुहोस् । आराम मिल्छ ।
१२.निन्द्रा लाग्दैन भने २ चम्चा मह खाएर खुत्नुहोस् । निन्द्रा लाग्ने छ ।
१३.गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारिरिक र मानसि रुपमा स्वस्थ्य र तन्दुरुस्त हुने गर्छ ।
१४.काटेको पोलेको ठाउँमा मह लगाउने गर्नाले आराम मिल्छ ।
१५.दिनहुँ मह खाने गर्नाले स्मरणशक्ति बढेर जान्छ ।
१६.सुन्दरताको लागि पनि मह निकै प्रभावकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?