धरानमा ७ नम्बर वडाको मतगणना बाँकी, कांग्रेसको २६१२ मतको अग्रता

काठमाडौं । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले २६१२ मतको अग्रता कायम गरेको छ ।

हाल सम्मकाे मतगणनामा नेकपाका प्रकाश राइले २३३८३ र नेपाली कांग्रेसका तिलक राइले २५९९५ मत प्राप्त गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाको प्रमुख पदको लागी भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईको यो अग्रता कायमै भए जित निश्चित छ । अब ७ नम्बर वडाको मतगणना बाँकी रहेको छ । २० वटा वडामा कुल ९२ हजार ८ सय ५३ मतदाता रहेकोमा ५५ हजार ११ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?