रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।

आइतबार भएको खेलमा युभेन्ट्स सासोउलोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा जेरीमी बोगाले गोल गर्दै सासोउलोलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गर्दै सासोउलोलाई २-१ को अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

यो बराबरीसँगै युभेन्ट्सले १४ खेलबाट ३६ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । सासोउलो १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?