काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उहाँलाई पक्राउ प्रहरीले जानकारी दिएको छ।
अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएको डीएसपी विनोद शर्माले बताउनुभएको छ ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो । विराट अस्पतालका चिकित्सक ज्ञानेन्द्र गिरीका अनुसार, उहाँलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो ।
बाबालाई कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया