फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर निर्वाचित

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ ।

कुरुम्बाङले ५३६९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गर्नुभएको छ । कुरुम्बाङ ८०६ मतको अन्तरले विजय निर्वाचित हुनुभएको हो ।

यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा १७९ मत बदर भएको निर्वान अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपनिर्वाचन भएको हो । यसअघि नेपाली काँग्रेसले जितेको यस गाँउपालिकाका साविकका धेरै गाविसहरुमा विगतमा काँग्रेस र राप्रपाको वर्चस्व हुने गरेको थियो । काँग्रेसको गढ मानिएको फाल्गुनन्दमा नेकपाका कुरुम्बाङले शानदार विजय हाँसिल गरेसँगै नेकपा यहाँ नयाँ उचाईमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?