काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षमा नेकपाले जितेको छ । कडा प्रतिष्पर्धाका वीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
निकटतम् प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गर्नुभयो।
यससंगै राजपा नेपालको आधार क्षेत्रको रुपमा रहेको पिपरा गाउँपालिकामा पराजयसंग निकै ठुलो धक्का लागेको टिप्पणी हुन थालेको छ ।
अति नै रोमाञ्चित ढंगले सुरु भएको मतगणनाले राजपा नेपाल अघि देखिएपनि अन्ततः तेश्रो स्थानमा झरेर समाजवादी पार्टी दोश्रो स्थान प्राप्त गरी पराजित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया