त्रिविले माग्यो एकैपटक ठुलो सङ्ख्यामा कर्मचारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलो पटक ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न सेवा र समूहका लागि खुल्ला तथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारी पूर्ति गर्न लागिएको सेवा आयोगले ७५० कर्मचारीको माग गरेको हो ।

प्रतिस्पर्धाका लागि आवेदन दिन चाहनेलाई अनलाइनबाट फाराम भर्न सकिने त्रिवि आयोगले जनाएको छ । आयोगले यसै पटकदेखि नै अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको हो ।

हाल त्यहाँ सात हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?