बलात्कारको उजुरी दिन जाँदा उल्टै जेल !

काठमाडौं । बलात्कारको उजुरी दिन जाँदा उल्टै जेल ! यो सुन्दा तपाईलाई अचम्म लाग्ला । तर कैलालीमा यस्तै घटना घटेको छ । जिल्ला अदालत कैलालीले बलात्कारको मुद्दा दायर गर्ने २ महिलालाई जेल चलान गरेको छ ।

अदालतले बलात्कारको झुटो आरोप लगाएर प्रतिवादीलाई फसाउन खोजेको तथा अदालती सयमको अवमूल्यन गरेको अभियोगमा जिल्ला अदालत कैलालीले २ महिलालाई जेल चलान गरेको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बलात्कारको मुद्दा दायर गर्ने महिलालाई जेल चलान गर्ने फैसला सुनाएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५ का दशरथ चौधरीमाथि जवर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्ने महिलालाई १ महिना कैद सजाय सुनाइएको छ ।

यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–२ का श्याम गौतममाथि बलात्कारको आरोप लगाउने महिलालाई २ महिना कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?