राष्ट्र बैंकले सोमबार ३ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन २० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही मङ्सिर ९ गते पनि त्यस्तै ट्रजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?