गगन अयडी कैलाली माग २–आज माघ २ गते, अर्थात १७ औ भूकम्प सुरक्षा दिवस कैलालीमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ‘नसोधी, नखोजी आउ“छ भूकम्पीय बिपद, जागौ, जुटौ बचाउन सृृष्टिको सम्पदा’ भन्ने मुल नाराका साथ विभिन्न सचेतनामुलक कार्यक्रम गरि यो दिवस आज मनाइएको हो दिवसको अवसरमा आज धनगढीमा प्रभातफेरी, चेतनामूलक ¥याली तथा नाटकलगायत गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका शुरक्षा कमी , प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । र्यालीपछि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाल भूकम्पको उच्च जोखिमयुक्त देश भएकाले सबैले बलियो संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिए नेपालमा हालसम्म गएको भुकम्पमा भएको क्षतिलाई दृष्टिगत गर्दा भूकम्पीय जोखिमका मुल कारणहरुमा कमजोर घर र असुरक्षित घर निर्माण पद्धति नै प्रमुख कारण मानिन्छन् यस कारण पनि नेपाल भुकम्पको उच्च जोखिम स्थलमा पर्दछ । बिक्रम सम्बत १९९० सालमा आठ दशमलव तीन रेक्टर स्केलको महाभूकम्प गएको थियो । जसका कारण नेपालमा आठ हजार पा“च सय १९ जनाको ज्यान गएको थियो । काठमाडौँ उपत्यकामा मात्रै चार हजार दुईसय ९६ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया