विराटनगर, २ माघ -स्कलरसिप दिने प्रलोभनमा नेपाली विद्यार्थिलाई ठगी गरी भारतको बी ग्रेडका कलेज भर्ना गराउने धन्दा पछिल्लो समय विराटनगरमा फस्टाएको छ भारतसंग सिमा जोडिएको नेपालको प्राय सवै सहरहरुमा यस्तो धन्दा मौलाईरहेको पाईएको छ । विद्यार्थिलाई मोटो स्कलरसिप दिने नाममा भारतवाटै नेपाल आएका कलेजका एजेन्टहरुले विद्यार्थिलाई वि ग्रेड कलेजमा एडमिसन गराउने गरेको पाईएको हो एक वर्ष अघि मात्र नेपालमा विभिन्न मेला र सेमिनार गराउने नाममा थुप्रै नेपाली विद्यार्थिलाई भारतको विग्रेड कलेजमा एडमिसन गराउने धन्दा नै चलेको थियो । तत्कालीन समयमा नेपाली विद्यार्थिहरुले भारतीय कलेजमा अनावश्यक दु:ख पाएको र ठगीमा परेको भनि गुनासो आएपछि शिक्षा मन्त्रालयले भारतिय कलेजलाई विना स्वृकिति गोष्ठी र सेमिनार गराउन वन्देज लगाएको थियो हाल कुनै पनि भारतिय कलेजले नेपालमा कुनै पनि प्रकारको कार्यक्रम गर्नुपरे शिक्षा मन्त्रालयको अनिर्वाय स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यी नियमकानुनको खिल्ली उडाउदै भारतिय कलेज र नेपाली कन्सलटेन्सिको मिलेमत्तोमा गैरकानुनी रुपमा नेपामा भारतिय कलेजको एडमिसन लक्षित प्रोग्रामहरु ह्ुने क्रम जारी रहेको छ यसबीच चन्द्रिगण, पञ्जावको आर्यन गु्रप अफ कलेजले मंगलवार विना कुनै स्वीकृति विराटनगरमा शैक्षिक मेला आयोजना गरेको छ । विराटनगरकको महेन्द्र चौकमा भएको उक्त मेलाको लागि भारतिय कलेजले कुनै पनि स्वृकिति लिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया