व्यवहारमा बालअधिकारको संरक्षण कहिले ?

काठमाण्डौं, २९ भदौ ।अझैपनि व्यवहारमा बालअधिकारको संरक्षण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । विहिबार राष्ट्रिय बाल दिवशको अवसरमा आयोजित कार्यक्रममा बाल अधिकारको संरक्षणमा सरकार अझै सतर्क र सचेत हुनुपर्ने औल्याएका हुन् । ह्याप्पि होम अर्थात् खुसीको घर सस्थाले बाल दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बाल अधिकार संरक्षण व्यवहारिक रुपमा गर्नको लागी पवित्र सामाजिक उद्देश्य बोकेका सस्थाहरुलाई सरकारले हौसला र काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ह्याप्ति होममा आश्रित एक सय बढी बालबालिकाले आफ्नो कला प्रस्तुत गरेका थिए । ह्याप्पि होम दश वर्षदेखी असाहाय बालबालिकाको क्षेत्रमा काम गर्दै तिनको पालनपोशोषणको काम गर्दै आएको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?