एनसेलले ल्यायो बोनस डेटा योजना, यसरी प्रयोग गर्नुहोस्

काठमाडौं । नेपालको पहिलो निजी दुरसञ्चार कम्पनी एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागी नयाँ योजना ल्याएको छ ।

कम्पनीले आफ्ना प्रिपेड ग्राहकहरुका लागी बोनस डेटा योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत मेरो प्लान लिएका ग्राहकहरुले निःशुल्क युट्युब भिडियो हेर्न सकिने व्यबस्था रहेको छ ।

यस अन्तर्गत न्यूनतम १९९ रुपैयामा १ जिवी डाटा खरिद गर्दा ग्राहकले बोनसस्वरुप १ जिबी डाटा प्राप्त गर्न सकनेछन् । त्यस्तै २९९ रुपैयाँमा प्लान सुचारु गरेका ग्राहकहरूले ३ जिबी डेटा खरिद गर्दा वोनस स्वरुप ३ जिबी नै डाटा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नेले ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन्। त्यस्तै प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले प्राप्त डाटा भोलुमबाट युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

याे योजना सुचारु गर्नका लागी प्रयोगकर्ताले एस्ट्रिक्स ३०२ ह्यास (*302#) डायल गरी प्राप्त निर्देशनअनुसार मेरो प्लान सुचारु गर्न सकिने पनि कम्पनीले जनाएको छ । शुक्रबारदेखि लागूदेखी लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?