३३ किलो सुन तस्करी काण्डका प्रहरीलाई अर्को सफलता

काठमाडौँ, २ माघ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरको हो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए । गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?