आयोगको चेतावनीपछि हतारहतार सूची बाकेर पुगे महन्थ

काठमाडौ– निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर सूची बोकेर आयोग पुगेका छन् राजपाले आयोगले भनेअनुसार नाम बुझाउन आनाकानी गरेपछि आयोगले पनि राजपालाई पेलेरै समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी गरेपछि महत्थले मंगलबार सूची बुझाएका हुन् आयोगले सूची क्रमसंख्या नभएको भन्दै फिर्ता पठाएको थियो भने राजपाले सच्याउन अटेर गर्दै आएको थियो स्रोतका अनुसार राजपा नेपालले दुई नम्बर प्रदेशबाट जानकी शरण साह, रामनरेश राय, नेत्रविक्रम साह, बबिता कुमारी, निलम देवी, भूमी हारीन, अञ्जुकुमार, डा डिम्पल झा, निराकुमारी साह, रिना यादव र अल्का कुमारी झाको नाम आयोगमा बुझाएको छत्यस्तै, पाँच नम्बर प्रदेशबाट विम पन्त र सात नम्बर प्रदेशबाट मालमती रानाको नाम आयोगमा बुझाइएको छ । योसँगै प्रदेश समानुपातिकको लफडा सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?