काठमाडौं, २ माघ –मोडल तथा समाजसेवीको खुश्बु ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ज्ञापनपत्र बुझाएकी छिन् आश्रय सेल्टर नेपालकी अध्यक्ष ओलीले मंगलबार बिहान प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरिन् ‘बालबालिका भविष्यका कर्णदार हुन्। भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन्। तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै पाएका छैनन्। कतिपय बालबालिकालाई कदेखि ज्ञसम्म लेख्न पनि आउँदैन। माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ’, ज्ञापन पत्रमा भनिएको छ – ‘अनेक समस्या र बाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन्। यो परिवेशको अन्त्य गर्न नै सेल्टर आश्रय नेपालको स्थापना गरिएको हो। सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने मुख्य लक्ष्य बनाएको संस्थाले सडकमा रहेका बालबालिकालाईसुन्दर भविष्य प्रदान गर्ने कोसिस गरिरहेको छ। तर, हाम्रो लक्ष्यमा केही अवरोध र चुनौतीहरु देखा परेका छन्।बालबालिकालाई मजदूरको रुपमा प्रयोग भइरहेको अवस्था छ।’अध्यक्ष ओलीले मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका निम्तिसीमित कार्यक्रम बनेपनित्यसको व्यावहारिक कार्यान्वयन हुनैनसकेको बताउँदै नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको जनाएकी छिन्ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले बालबालिकाको हितको लागि आफूले हरसम्भव कोसिस गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया