भारतीय प्रधानमन्त्री मोदीबाट ओलीलाई स्वास्थलाभको सन्देश

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपचाररत नेपालका प्रधानमन्त्री केपी ओलीलाई स्वास्थ्यलाभाको सन्देश पठाउनुभएको छ । ओलीको अहिले मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्तावसमेत राख्नुभएको स्रोतले बताएको छ। दुई देशबीचको सम्बन्धलाई उचाईमा पुर्‍याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेकोसमेत बताउनु भएको छ।

ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?